‘कोरोना’ भन्दै मणिपुरी युवती शरीरमा थुक्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता

0
905
साभार एएनआई ट्विटर।

नयाँ दिल्ली, 23 मार्चः ‘कोरोना’ भन्दै मणिपुरी युवतीको शरीरमा थुक्ने व्यक्तिविरुद्ध दिल्ली पुलिसले मुद्दा दर्ता गरेको छ।

जानकारीका अनुसार हिजो राति एक व्यक्तिले मणिपुरी युवतीलाई कोरोना भन्दै शरीरमा थुकेको थिए। यो लज्जास्पद र घृणित घटना दिल्लीको विजय नगरमा भएको हो।

पीड़ित युवतीको उजुरीको आधारमा पुलिसले ती व्यक्तिविरुद्ध भारतीय दण्डसंहिताको धारा 509 अन्तर्गत मुद्दा दर्ता गरेको छ।

उल्लेखनीय छ, केही दिनयता उत्तरपूर्वी राज्यका मानिस र गोर्खा समुदायमाथि यसप्रकारको नस्लभेदी (रासिज्म)-का धेरै मामिला प्रकाशमा आइरहेको छ।

केही दिनअघि दिल्ली र कोलकातामा पनि गोर्खा चेलीहरूमाथि यस प्रकारको नस्लभेदी टिप्पणी गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here