चियाकमान पनि लकडाउन गर्नुपर्ने जोइन्ट फोरमको माग

0
1029
समन पाठक (फाइल फोटो)।

दार्जीलिङ, 23 मार्चः जोइन्ट फोरम एवं माकपा नेता समन पाठकले कोरोना भाइरसको सङ्क्रमणबाट चियाकमानहरूलाई बचाउन सम्पूर्ण चियाकमान पनि लकडाउन गर्ने माग गरेका छन्।

सोमवार उनले यस्तो माग गरेका हुन्।

पाठकले भने, “चियाकमानमा श्रमिकहरू एकजुट भएर काम गर्छन्। एकैजना श्रमिक पनि कोरोना भाइरसको चपेटमा परे अझै महासङ्कट आउनसक्छ। यसैले चियाश्रमिकहरूलाई रोजी दिएर नै चियाकमानहरू लकडाउन गर्नुपर्छ।”

यस विषय लिएर जोइन्ट फोरमले सरकारलाई पत्राचार गरेको पनि उनले बताए।

यसका साथै जोइन्ट फोरमले चियाश्रमिकहरूले खाजा खाने स्थान, चियापत्ती तौलिने स्थान, रोजी वितरण गर्ने स्थानलगायत चियापत्ती टिप्ने स्थानमा चियाश्रमिकहरूलाई दुई-दुई मिटरको दूरीमा राख्ने माग गरेको छ।

साथै चियाश्रमिकहरूलाई मास्क, सेनिटाइजर अनि साबुन आदि पनि वितरण गर्नुपर्ने उनले माग उठाएका छन्।

अर्कोतिर चियाकमानहरूमा सञ्चालित रिसोर्टहरू पनि बन्द गर्नुपर्ने जोइण्ट फोरमको अड़ान छ, ताकि वर्तमान समयमा चियाकमान क्षेत्रमा बाहिरबाट कोही पनि आउन नसकोस्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here