दार्जिलिङबाट हर्षवर्धन शृङ्गलालाई टिकट दिए पार्टी छाड्ने मुडमा पहाडका भाजपा कार्यकर्ताहरू

0
749

दार्जिलिङ, 23 मार्चः पूर्व विदेश सचिव हर्षवर्धन शृङ्गला आज भारतीय जनता पार्टीमा सामेल निश्चित भएको छ।

यसका साथै दार्जिलिङ संसदीय क्षेत्रबाट भाजपाले शृङ्गलालाई टिकट दिने सम्भावना पनि बाक्लिएको छ।

उसो त केही महिनाअघि दार्जिलिङमा बसेर हर्षवर्धन शृङ्गलाले सामाजिक कार्य गर्नथालेदेखि नै उनलाई भाजपाको उम्मेदवारका रूपमा हेर्न थालिएको थियो।

शृङ्गलालाई प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका मानिन्छ। यसैले पनि उनको दाबेदारी बलियो बनेको हो।

यसैबिच, हर्षवर्धन शृङ्गलालाई भाजपाले टिकट दिएको खण्डमा पहाडका धेरजसो भाजपा कार्यकर्ताले पार्टी छाड्ने मन बनाइसकेको सूत्रले बताएको छ। पार्टी छाड्ने मन बनाएकाहरूमा अधिकतर मण्डल कमिटीका कार्यकर्ताहरू छन्।

भाजपा दार्जिलिङका एक नेताले आफ्नो नाम गोप्य राख्ने सर्तमा भने – ”हाम्रो माग राजु विष्ट हो।  किनभने राजु विष्टले जाति र पार्टीका लागि धेरै कार्य गरेका छन्। यदि हाम्रो मागलाई बेवास्ता गरी पार्टीले हर्षवर्धन शृङ्गलालाई टिकट दिएमा हामी भाजपाबाट सामूहिक राजीनामा दिनेछौँ।”

उल्लेखनीय छ, गोरामुमोले पनि अघिबाटै राजु विष्टलाई दार्जिलिङबाट पुनः टिकट दिनुपर्ने माग गरिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here