दार्जीलिङ, 23 अप्रेलः गोर्खा जनमुक्ति मोर्चाका दुवै खेमा कोविड-19 -विरुद्ध सचेतना कार्यक्रमका लागि सड़कमा ओर्लिए।
यसै क्रममा आज विमल गुरुङपन्थी गोजमुमो कार्यकर्ताहरूले शहरका विभिन्न स्थानमा सेनिटाइज गर्नका साथै मास्क वितरण गरे भने विनय तामाङपन्थी गोजमुमो कार्यकर्ताहरूले पनि मास्क वितरणका साथै जनतालाई कोविड-19 बाट बच्न सामाजिक दूरी बनाइराख्ने, आफ्नो हात समय-समयमा धोइरहने वा सेनिटाइज गरिरहने अपील गरे।
विमल गुरुङपन्थी गोजमुमो कार्यकर्ताहरूले आज शहरमा मास्क नलगाउनेहरूलाई 7 हजार मास्क प्रदान गरेको बताएका छन् भने विनय तामाङपन्थी गोजमुमो कार्यकर्ताहरूले 10 हजार मास्क वितरण गरेको जानकारी गराएका छन्।
उल्लेखनीय छ, दार्जीलिङ क्षेत्रमा हिजो रातिसम्म कोविड-19-का कारण 3 महिलाको मृत्यु भएको घटनालाई लिएर नै यी पार्टीहरूले आजदेखि शहरमा सचेतना अभियान चलाउन शुरू गरेका छन्।