दार्जीलिङ, २३ मई : तृणमूल कङ्ग्रेसका उम्मेदवार अमरसिंह राई आफ्नो जीतप्रति आशावादी देखिएका छन्। मतगणनाअघि दार्जीलिङका केही पत्रकारहरूसँग कुराकानी गर्दै कोही कोही बेला एक्जिट पोल पनि गलत हुने बताएका छन्।
उनले भने, “एक्जिट पोलले जे देखाइरहेको छ। त्यो सत्य नहुनसक्छ। किनभने कोही कोही बेला एक्जिट पोल गलत भएको हामीले देखेका छौं। म मेरो जीतप्रति आशावादी छु।”
राईले थप भने, “यदि एक्जिट पोल गलत भएन भने जनताले रूचाएको कुरालाई मैले स्वीकार्नै पर्छ। यदि जनताले मलाई रूचाएको छैन भने त्यसमा मेरो केही भन्नु छैन। मुख्य कुरा जनतालाई कसलाई रूचाएका छन् भन्ने हो।”
भर्खरै मतगणना शुरु भएकोले अहिले नै केही भनिहाल्न नमिल्ने उनको भनाइ छ। राईले दार्जीलिङको क्षेत्रको मतलाई हेरेर मात्र केही भनिहाल्न उचित नहुने र फाइनल रिजल्ट पाएपछि नै जीत-हार स्पष्टसँग थाहा लाग्ने बताएका छन्।