दार्जीलिङ, २३ मई : तृणमूल कङ्ग्रेसविरुद्ध विद्रोही गरी दार्जीलिङ विधानसभाको उपचुनाउमा स्वतन्त्र उम्मेदवारकी रूपमा खड़ा भएकी शारदा राई सुब्बाले दार्जीलिङ विधानसभा क्षेत्रका जनताले भारतीय जनता पार्टीका उम्मेदवार नीज जिम्बाको पक्षमा दिएको जनादेशलाई स्वीकार गरेकी छन्।
जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले भनिन्, “दार्जीलिङको उपचुनाउमा जनताले जुन जनादेश दिएका छन्, त्यसलाई म स्वीकार गर्छु। यसका साथै म विजयी बनेका नीरज जिम्बालाई बधाई दिन्छु। उनले दार्जीलिङ पहाड़वासीको पक्षमा राम्रो कार्य गर्नेछन् भन्ने मलाई विश्वास छ।”
आफ्नो पक्षमा मतदान गर्ने र चुनाउअवधि सहयोग पुऱ्याउने सबैप्रति सुब्बाले आभार प्रकट गरेकी छन्। उनले भनिन्, “चुनाउ उठ्नु मात्र मेरो उद्देश्य हो। मैले मेरो अपील-पत्रमा जुन १३ मुद्दा उठाएको छु, त्यसको समाधानका लागि दार्जीलिङ गोर्खा पार्वत्य जन अधिकार मञ्चको तर्फबाट निरन्तर पहल गर्नेछु।”
सुब्बाले पहाड़मा शान्ति शृङ्खा बनाइराख्नु सबै राजनीतिक दलको जिम्मेवारी रहेकोले यसतर्फ सबैले समुचित ध्यान पुऱ्याउनुपर्ने अपील गरेकी छन्।