२६ मईसम्म श्रमिक स्पेशल रेल बङ्गाल नपठाउने ममताको माग

0
1025

कोलकाता, २३ मईः अम्फानले बङ्गालमा ठूलो विनाश गरेका कारण श्रमिक विशेष रेलहरूलाई आउँदो २६ मईसम्म बङ्गाल नपठाउने माग राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले गरेकी छन्।

शनिवार रेल मन्त्रालयसँग ममताले यस्तो माग गरेकी हुन्। मुख्यमन्त्रीका अनुसार अम्फानले क्षति पुऱ्याएका जिल्लामा अहिले धमाधम राहत एवं बचाउका कार्य चलिरहेकाले यस्तो अवस्थामा रेलहरूका सञ्चालनको अनुमति केही दिनसम्म दिन सकिँदैन।

मुख्यमन्त्रीको यस्तो मागले बङ्गालका प्रवासी श्रमिकहरू आ-आफ्ना घर फर्किनका लागि थप केही दिन प्रतीक्षा गर्नुपर्ने भएको छ।  

यसभन्दा अघि बङ्गालका मुख्य सचिवले पनि रेलवे बोर्डलाई पत्र लेखेर जिल्ला प्रशासन राहत एवं बचाउ कार्यमा खटिएका कारण आउँदा केही दिनसम्म श्रमिक विशेष रेललाई रिसिभ गर्न नसक्ने बताएका थिए।

उल्लेखनीय छ, महातूफान अम्फानले बङ्गालमा व्यापक विनाश गरेको छ। अम्फानकै कारण राज्यमा ८० जनाको मृत्यु भएको छ।

ममताका अनुसार अम्फानले राज्यमा एक लाख करोड़को क्षति गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here