गान्तोक, २३ जूनः पैह्रोका कारण पाक्योङ-माचोङ सड़क बन्द भएको छ।
लिङ्के नजिक लेप्चा डाँड़ा (तीनधारे भिर)-मा झरेको ठूलो पैह्रोका कारण यो सड़क बन्द भएको हो।
माथि झरेर सड़कमा थुप्रिएको पैह्रो सफा गर्न दिनभर जस्तै समय लाग्ने बताइएको छ। यसैले यो सड़कमा वाहनहरूका चलाचल सुचारू हुन केही घण्टा लाग्नेछ।