विष्टद्वारा दार्जीलिङमा जल प्रबन्धन योजनाको माग

0
1440

दार्जीलिङ, 23 जुलाई : दार्जीलिङका सांसद राजु विष्टले पछिल्लो 2 जुलाईको दिन दार्जीलिङ पहाड़मा जल प्रबन्धनलगायत अन्य मागमा केन्द्रिय जल मन्त्री गजेन्द्र सिंह शेखावतलाई पत्राचार गरेको तथा मन्त्री शेखावतले उक्त पत्र प्राप्तिबारे सूचित गरेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ। विज्ञप्तिमा विष्टले दाबी गरेअनुसार केन्द्रिय मन्त्रीलाई लेखेको पत्रमा दार्जीलिङ पहाड़का लागि जल प्रबन्धन योजना, सिलगढ़ी शहरबीचै रहेको महानन्द नदीको विकास तथा पहाड़का कृषि कार्यका लागि ड्रिप सिँचाइ प्रविधि लगाइनुपर्ने माग गरेका थिए।

विज्ञप्तिका अनुसार राजु विष्टले दार्जीलिङ र कालेबुङ जिल्ला पूर्वी हिमालय क्षेत्रकै सर्वाधिक पर्यटक आकर्षित क्षेत्र रहेको,  यो क्षेत्रको बढ़्दो जनघनत्व र बिनायोजनाको विकास, क्षेत्रका पारम्परिक झरनाहरू सुक्दै गएको तथा भूजल भण्डार पनि धेरै घटेको, टिस्टालगायत यसका अन्य सहायक नदीहरूमा निर्मित बहुसङ्ख्यक बाँधले नदी प्रणालीलाई नष्ट गरेकोले यो क्षेत्र प्राकृतिक आपदाको समम्मुखीन बनेको, दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक र सिलगढ़ी क्षेत्रसँगसँगै मतिगढ़ा र फाँसीदेवाका सम्पूर्ण खण्ड आज पानीको अभाव झेलिरहेको अवगत गराउँदै यी समस्याहरूलाई समयमा नै समाधान गर्नुपर्ने माग पत्रमा गरेका थिए। यसका साथै क्षेत्रमा जस संसाधनको सङ्ग्रह र वितरणका लागि उचित बुनियादी ढाँचाको विकासलगायत वर्तमानमा रहेको झरना, नदी प्रणाली र भूजलको कायाकल्प गरिनुपर्ने आवश्यकता रहेको बताएका थिए, जसको फलस्वरूप भविष्यमा दार्जीलिङ, कालेबुङ, खरसाङ मिरिक , सिलगढ़ी, मतिगढ़ा, फाँसीदेवा र चोपड़ाका मानिसहरूले चरम जलसङ्कट भोग्न नपरुन्।

त्यसैगरी विष्टले केन्द्रिय मन्त्रीसमक्ष नमामी गङ्गे परियोजनाजस्तै सिलगढ़ी शहरमा महानन्द नदीको विकास अहमदाबादमा साबरमती नदीको ढाँचामा विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। विष्टका अनुसार यदि महानन्द नदीको विकास गर्न सकिएको खण्डमा सिलगढ़ी शहरलाई सुन्दर र सुशोभित बनाउनका साथै क्षेत्रको सांस्कृतिक सूत्रलाई थप बनाउन सकिने बुझाएका छ। यसका साथै उनले आफ्नो संसदीय क्षेत्रमा ड्रिप सिँचाइ तक्निकी लगाइनुपर्ने आवश्यकता रहेको पनि बताएका छन्। ताकि क्षेत्रको कृषि पद्धतिलाई बढ़ावा दिनका साथै उब्जनी बढ़ाउन सकिय़ोस्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here