कोलकाता, २३ अगस्त: पश्चिम बङ्गालमा जन्माष्टमी उत्सवअवधि एक मन्दिरमा भएको दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। जबकि अन्य २७ जना घाइते भएका छन्। जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
यो घटना उत्तर २४ परगानाको कचुआमा शुक्रवार बिहान भएको हो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले मृतकका परिजनलाई ५ लाख रुपियाँको क्षतिपूर्ति राशि दिने घोषणा गरेकी छन्।
जानकारीका अनुसार कचुआस्थित लोकनाथ मन्दिरमा जन्माष्टमीको उत्सव मनाउनका लागि भक्तहरूको बाक्लो भीड़ जमेको थियो। यसैअवधि मन्दिरको भित्ता लड़्दा चारजना पुरिए। जीर्णावस्थामा रहेको भित्ता लड़ेपछि भागाभाग मच्चिएको थियो।
तृणमूल सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दुर्घटना मर्नेहरूका परिवारप्रति समवेदना प्रकट गरेकी छन्। साथै उनले मृतकका परिवारलाई पाँच-पाँच लाख रुपियाँ, गम्भीर घाइते हुनेलाई एक लाख रुपियाँ र सामान्य घाइते भएका ५० हजार रुपियाँ दिने घोषणा गरेकी छन्।