कालेबुङ, 23 अगस्तः कालेबुङनिवासी थप एकजना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। मृतकको उमेर 70 बताइएको छ।
जानकारीका अनुसार यी व्यक्ति कालेबुङ गोसखाननिवासी हुन्। कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उनलाई हिजो डा. च्याङ कोभिड अस्पतालमा भर्ना गरिएको थियो। हिजै उनको अवस्था गम्भीर थियो।
अस्पताल सूत्रका अनुसार हिजो बेलुकी 6.30 बजे उनको मृत्यु भएको हो। यसका साथै कालेबुङमा कोरोनाका कारण मृत्यु हुनेहरूको सङ्ख्या तीन पुगेको छ।
दुई दिनअघि मात्र कालेबुङ 6 माइलनिवासी 52 वर्षीय व्यक्तिको उपचाराधीन अवस्थामा डा. च्याङ कोभिड अस्पतालमा मृत्यु भएको थियो।