दार्जिलिङ, २३ अगस्तः ‘सांसद राजु बिष्ट प्याकेजमा ल्याइएको थिएछ’, गोजमुमो २-का प्रवक्ता केशवराज पोख्रेलले भनेका छन्।
हिजो अजय एड्वर्डले जारी गरेको अडियो क्लिपमा एक ठाउँ “यहाँ पैसा रुपियाँ एकदमै खेला भएको छ। आउँदा दिनमा कहाँबाट के, यी सबैको खुलासा हुनेछ” भनेका थिए।
यसैमाथि प्रतिक्रिया व्यक्त गर्दै पोख्रेलले यस्तो भनेका हुन्। उनले थप भनेका छन्, ‘गोरामुमो अनि अन्य गठबन्धन राजनीतिक दलहरूले मुद्दाका लागि होइन, पैसाका लागि राजु बिष्टलाई सांसद बनाएका थिएछन्। अजय एडवर्डको बयानले हामीले भनिरहेका कुरा सत्य साबित गरिदिएको छ।‘
उनले थप भनेका छन्, ‘पहाडमा बारम्बार भाजपाका सांसद र अनि विधायकहरू भित्रिएका कारण प्याकेज नै रहेछ। जनता अनि पहाड़वासीको सपनालाई पैसाको बिटासित साँट्ने काम भइरहेको छ भनेर हामीले भनिरहेका कुरा सत्य रहेको आज आएर प्रमाणित भएको छ।’