मेगा हेल्थ क्याम्प सम्पन्न, सबै सहयोगीप्रति नमस्ते फाउन्डेशनद्वारा आभार प्रकट

0
1822
दार्जीलिङस्थित हेडेन हलमा सम्पन्न मेगा हेल्थ क्याम्प।
दार्जीलिङ, २३ सेप्टेम्बर : शनिवार नमस्ते फाउन्डेशन, प्रोजेक्ट रिचिङ आउट, हेडेन हल र सिक्किमको मणिपाल अस्पतालको संयुक्त पहलमा दार्जीलिङमा मेगा हेल्थ क्याम्प सम्पन्न भयो। हेडेन हलमा सम्पन्न यो मेगा हेल्थ क्याम्प विशेषगरी असहाय र निम्न वर्गीय मानिसहरूलाई केन्द्रित गरी आयोजन गरिएको थियो, जसबाट २०० मानिसले लाभ उठाए।
यो हेल्थ क्याम्पमा सिक्किम मणिपालका अधीक्षक डा. गौतम देव स्वयं उपस्थित थिए। विशेषगरी समाज र परिवारबाट उपेक्षित-अवहेलित भई सड़कपेटीमा कष्टप्रद जीवन बाँचिरहेका असहाय र रोगीहरूका लागि कार्य गर्दै आएको नमस्ते फाउन्डेशनकी अध्यक्ष पिङ्की विश्वकर्मले यो स्वास्थ्य जाँच शिविरलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मणिपाल अस्पताल सिक्किमका प्रमुख स्वास्थ्य अधीक्षक गौतम देव, मार्केटिङ हेड अर्पण छेत्री र मानसिक रोग विशेषक्ष विष्णु छेत्रीलगायत सम्पूर्ण टीम,  बाहिरबाट आएका चिकित्सक टीमलाई खाना र बस्नका लागि ठूलो सहयोग गरी गुण लगाउने हेडेन हलका रेभ. फादर र प्रोजेक्ट रिचिङ आउटका संस्थापक बासु लोरुङलाई फाउन्डेशनको तर्फबाट आभार प्रकट गर्दै आगत दिनमा पनि यस्तै सहयोगको आशा राखेकी छन्।
सिक्किमको मणिपाल अस्पतालले विगतमा पनि कुलतमा फँसेका, मानसिक रोगको शिकार भएका आर्थिक अवस्थाले कमजोर र असहायहरूलाई निःशुल्क स्वास्थ्योपचार गरी नयाँ जीवन दिने कार्य गरिसकेको उनले बताएकी छन्।
एक प्रश्नको उत्तरमा असहाय र असक्षमहरूलाई सेवा पुऱ्याउनका लागि नै नमस्ते फाउन्डेशनको स्थापनामा गरिएकोले आफ्नो सेवाकार्यप्रति फाउन्डेशन सक्रिय र प्रतिबद्ध रहेको पनि बताइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here