बोनस बैठक विफल, श्रमिक सङ्गठनहरूले आन्दोलन गर्ने

1
1394

दार्जीलिङ, २३ सेप्टेम्बर : हिजो र आज गरी लगातार दुई दिन बैठक बसे तापनि बोनस दर नमिलेपछि श्रमिक सङ्गठनहरू बैठकबाट बाहिरिए। आज अपराह्न करिब १ बजेदेखि राति करिब ७ बजेसम्म चलेको बैठकमा पनि बोनस दर छिनोफानो हुनसकेन।

मालिकपक्षले तराई र डुवर्सका चियाकमानहरूभन्दा कम्ती दरमा बोनस दिने बताएपछि सबै श्रमिक सङ्गठन एकबद्ध भएर बैठकबाट बाहिरिएका जोइण्ट फोरमका प्रवक्ता सुनिल राईले हिमाली बेलालाई बताएका छन्।

उनले बैठकबारे जानकारी गराउँदै भने, “मालिकपक्षले १०.५० प्रतिशत बढ़ी दरमा बोनस दिननसक्ने बताए। हामीले यसलाई स्वीकार गरेनौं।” उनका अनुसार आजको बैठकमा पनि मालिकपक्षले पछिल्ला बैठकहरूमा झैं आज पनि घाटाका कुराहरू नै अघि राखेको थियो, जुन कुराहरूसँग असहमत देखिएका श्रमिक सङ्गठनहरूले २० प्रतिशतकै दरले बोनस दिनुपर्छ भन्ने अड़ान राखेका थियौं।

‘‘अब हामी बैठक आउँदैनौं भनेर मालिकपक्षलाई स्पष्ट बताएका छौं। मालिकपक्षले जुन प्रतिशतमा बोनस दिने कुरा गर्दैछ, त्यसलाई हामी कुनै पनि अवस्थामा स्वीकार गर्दैनौं।’’ मालिकपक्षले १०.५० दरमा बोनस दिने बताएपछि बिच्किएका सबै श्रमिक सङ्गठनले एकबद्ध भएर भोलिदेखि आन्दोलन गर्ने निर्णय गरेको छ।

राईका अनुसार भोलि पहाड़का प्रत्येक चियाकमानमा गेट मिटिङ हुनेछ। भोलि नै सबै श्रमिक सङ्गठनले दार्जीलिङमा बैठक बसिनेछ, जुन बैठकमा भावी रणनीतिबारे चर्चा गरिनेछ। “भोलि बसिने बैठकले भावी कार्यक्रमको घोषणा गर्नेछौं। यो सबै श्रमिक सङ्गठनले एकबद्ध भएर लिएको निर्णय हो”, उनले थपे, “आवश्यकता परे हामी अर्को वर्ष फर्स्ट फ्लसको पत्ती पनि टिप्न दिँदैनौं।”

उल्लेखनीय छ, २०१७ को गोर्खाल्याण्ड आन्दोलनले १०४ दिन बन्द हुँदा पनि २०१८ मा मालिकपक्षले १५ प्रतिशतको बोनस दिएको थियो। यद्यपि २०१८-१९मा वर्षैभरि चियाकमानमा सुचारू काम हुँदा पनि यसवर्ष मालिकपक्षले गत वर्षभन्दा धेरै कम्ती दरमा पूजा बोनस दिने अड़ान राखिरहेको छ।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here