ममता खरसाङमा, केही क्षणमै प्रशासनिक बैठक शुरु

0
1393
ममता ब्यानर्जी।

खरसाङ, २३ अक्टोबर : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी मङ्गलवार अबेर साँझ खरसाङ आइपुगिन्। सिलगढ़ीमा प्रशासनिकपछि सोझा खरसाङ आएकी उनलाई हिल तृणमूल, विनयपन्थी गोजमुमो, विभिन्न विकास बोर्डका प्रतिनिधिहरूलगायत प्रशासनिक अधिकारीहरूले स्वागत गरेका थिए।

मुख्यमन्त्रीको स्वागतका लागि दिउँसैदेखि बाक्लो सङ्ख्यामा मानिसहरू जुटेका थिए। खरसाङ आइपुगेपछि उनी सोझै गिद्देस्थित सर्किट हाउसमा गइन्।

अर्कोतिर आज मुख्यमन्त्रीले खरसाङको नयाँबजारस्थित कम्युनिटी हलमा दार्जीलिङ र कालेबुङका प्रशासनिक अधिकारीहरूसँग बैठक गर्नेछिन्। जानकारीका अनुसार यो बैठक अपराह्न २ बजेदेखि शुरु हुनेछ।

यसभन्दा अघि आज बिहान मुख्यमन्त्री गिद्देस्थित सर्किट हाउसबाट हिँड़ेरै महानदी गएको तथा हिँड़ेरै पुनः फर्किएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here