पाँच किलो सुनसहित बाबु-छोरा पक्राउ

0
1158
बरामद गरिएको सुन।

सिलगढ़ी, 23 नोभेम्बरः सिलगढ़ीको दार्जीलिङ मोड़ क्षेत्रबाट पाँचवटा सुनको बिस्कुटसहित डुवर्सको जयगाउँनिवासी बाबु-छोरालाई केन्द्रिय राजस्व गुप्तचर निर्देशालयका अधिकारीहरूले पक्राउ गरेका छन्। जानकारीका अनुसार यी बाबु-छोरालाई शनिवार बिहान करिब 8.30 बजे पक्राउ गरिएको हो।

सूत्रका अनुसार गोप्य सूचना आधारमा एक अभियान चलाएर डीआरआईका अधिकारीहरूले एक किलो ओजन रहेको पाँचवटा सुनको बिस्कुटसहित श्याम सेवा (50) र बिक्की सेवा (29)-लाई पक्रा गरेका हुन्।

भूटानबाट आइरहेको एक वाहनलाई दार्जीलिङ मोडमा रोकेर खानतलाशी गर्दा पाँचवटा सुन बरामद भएको बताइएको छ। डीआरआई अधिकारीहरूका अनुसार पक्रा परेका श्याम सेवा र बिक्की सेवा बाबु-छोरा हुन्। बरामद सुनको मूल्य 1 करोड़ 95 लाख रुपियाँ बताइएको छ।

पक्रा परेका आरोपी बाबु-छोरालाई आज सिलगढ़ी अदालतमा प्रस्तुत गरिएको थियो। अदालतले उनीहरूलाई दुई दिनको न्यायिक हिरासतमा पठाएको बताइएको छ। अर्कोतिर, दुवैले केरकारअवधि उक्त सुन भूटानबाट ल्याएको स्वीकारेका छन्।

केरकारमा बाबु-छोराले दिएको जानकारीका अनुसार भूटानबाट ल्याएको उक्त सुन कोलकातामा तस्करी गर्ने उद्देश्यले लिएर गइरहेका थिए। यसका लागि उनीहरूले भूटान नम्बरकै वाहन प्रयोग गरेका थिए।

स्मरणरहोस्, उत्तर-पूर्वी भारतको जङ्क्शन मानिने सिलगढ़ी केही वर्षयता सुन तस्करीका लागि मुख्य स्थल र बाटो बनेको छ। डीआरआईले घरी घरी सुन तस्करीका घटनालाई उदाङ्गो पारिरहेको छ।

पछिल्लो 11 नोभेम्बरको राति डीआरआई अधिकारीहरूले 10 करोड़ 15 लाख 96 हजार मूल्यको 25 केजी 776 ग्राम सुनसहित मणिपुरनिवासी मोहम्मद फिरोज र अमिर खानलाई युवकलाई पक्राउ गरेका थिए।

यसभन्दा केही दिन पनि डीआरआईका अधिकारीहरूले एक अभियान चलाएर सिलगढ़ीकै मल्लगढ़ी क्षेत्रबाट 36 वटा सुनको बिस्कुटसहित चार मणिपुरी नागरिकलाई पक्राउ गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here