मन घिसिङको नेतृत्वमै गोर्खाको भविष्य टुङ्गो लाग्नेछः गोरानामो

0
871

दार्जीलिङ, 23 नोभेम्बरः गोर्खा राष्ट्रिय नारी मोर्चाले मेरीबुङ, लिङ्गे साथै तामसाङ क्षेत्रबाट घर दैलो अभियान शुरू गरेको छ।

यसका साथै भारतीय जनता पार्टीलाई स्थायी राजनीतिक समाधानका लागि दबाउ दिन पार्टी अध्यक्ष मन घिसिङले गरिरहेको पहललाई अझै तीव्र पार्न प्रत्येक जनता अघि आउनुपर्ने नारी मोर्चाले आह्वान गरेको छ।

विशेष गरी स्थायी राजनीतिक समाधानका लागि नै भाजपा नेतृत्व वा केन्द्रिय मन्त्रीहरूसित भेट गर्न पार्टी अध्यक्ष मन घिसिङ शीघ्रै दिल्ली जाने कार्यक्रम तयार भएको पनि नारी मोर्चाले बताएको छ।

यसैले पार्टी अध्यक्ष घिसिङको यस पहललाई अझै तीव्र पार्न पार्टीका प्रत्येक सदस्य सक्रिय बनेर अघि बढ्नुपर्ने अपील गरिएको हो।

यसै विषय लिएर मेरीबुङमा अवस्थित पार्टी कार्यालयमा नारी मोर्चाको एक सभा अञ्जिला तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

सभापछि अञ्जिला तामाङले भनिन्, “अब दार्जीलिङ पहाड़मा गोर्खा जाति र माटोका लागि साँचो मनले काम गर्ने पार्टी गोरामुमोबाहेक अन्य कुनै छैन।’’

यस विषयमा जनतालाई बुझाउनका लागि नै आजदेखि नारी मोर्चाले घर-दैलो अभियान शुरू गरेको उनले बताइन्।

गोर्खा राष्ट्रिय नारी मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी सदस्या मन्दिरा थापाले सञ्चालन गरेको यस सभामा दार्जीलिङ पहाड़को वर्तमान राजनीतिक गतिविधिहरूमाथि पनि व्यापक चर्चा-परिचर्चा गरियो।

अब प्रथममा पार्टीका उपर्युक्त तीनवटा शाखालाई अझै बलियो बनाइने बताइएको छ, जसका लागि नयाँ प्रतिनिधिहरू पनि चयन गरिएको छ।

उनले भनिन्, “गोरामुमो अध्यक्ष मन घिसिङ अनि पार्टीको केन्द्रिय समितिले आफ्नो कार्य युद्धस्तरमा गरिरहेका छन्। गोरामुमो पार्टीले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका लागि भाजपा नेतृत्वावधीन केन्द्र सरकारमाथि स्थायी राजनीतिक समाधानका लागि दबाउ दिने कार्य गरिरहेका छन्। यसै विषय लिएर आगामी दिनमा पार्टी अध्यक्ष मन घिसिङ अनि उनको टोली दिल्ली जाने भएका छन्।’’

उनले थपिन्, “पार्टी अध्यक्षले दिल्लीमुखी कार्यक्रमय गर्नेछन् अनि यता पार्टी कार्यकर्ताहरूला जनतालाई जागरूक गराउने काम गर्नुपर्छ। पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वले नै अब गोर्खाहरूको भविष्य टुङ्गो लाग्नेछ। यसका लागि नारी साथै युवाहरू अघि आएर अध्यक्ष मन घिसिङको हात बलियो बनाउनपर्छ। पार्टीको झण्डा नहेरेर जातिका लागि अघि बढ़्नुपर्छ। सबै एक भएर मुद्दा फत्ते गर्नुपर्छ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here