जुन कुरा हुनैसक्दैन, त्यसको जनतालाई आशा देखाएर राजनीति गर्नु हुँदैनः विनय

0
991
विनय तामाङ।

सिलगढ़ी, 22 दिसम्बरः चियाकमान र सिन्कोना बगानका मानिसहरूलाई पर्जापट्टा केवल  ममता ब्यानर्जी सरकारले दिनसक्ने दाबी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका  अध्यक्ष विनय तामाङले गरेका छन्।

आइतवार डुवर्सको बानरहाटको तरुण खेल मदानमा आयोजित जनसभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

भूमि एवं भूमि सुधार विभाग राज्यको अधीनमा रहेकोले चियाकमान र सिन्कोना बगानका मानिसहरूलाई ममता ब्यानर्जी सरकारले नै पर्जापट्टा दिनसक्ने बताए। उनले पर्जापट्टा वितरणका लागि अगावै पहल शुरु गरिरहेको पनि बताएका छन्।

दार्जीलिङ, तराई डुवर्सका चियाकमानहरू पर्जापट्टाको मुद्दा ठूलो मुद्दा हो। यसका लागि हामीले राज्य सरकारसँग कुरा गर्दैछौं। पर्जापट्टा कमिटीमा डुवर्सबाट मोहन शर्मा र दार्जीलिङबाट म स्वयं छु। यो विषयमा हामीले काम गरिरहेका छौं। यसका लागि हामी सर्भे गरिरहेका छौं”, उनले थपे।

यसैबीच, विनय कालेबुङ र दार्जीलिङ जिल्लाअन्तर्गतका वनबस्तीहरूमा अगावै टाइटल डिड बाँड़ेको पनि जनाए।

एक प्रश्नको उत्तरमा दार्जीलिङका पछिल्लो नेतृत्वहरूको गलत राजनीतिकको कारण गोर्खाहरूको कुनै माग पूरा नभएको दाबी गर्दै आफूले अहिले सत्य र सम्भव मुद्दाहरू लिएर राजनीति गरिरहेको थप दाबीसमेत गरे।

जे सत्य र सम्भव छ, जुन हुनसक्छ, त्यो मात्र जनतालाई भन्ने हो। जुन कुरा हुनैसक्दैन, त्यो जनतालाई आशा देखाएर हुँदैन”, उनले थपे, “अहिले पनि केही पार्टीहरूले 86-को 1200 शहीदलाई देखाएर रोयल्टीमा आफ्नो पार्टी चलाइरहेको छ। विमल दाजुले पनि सिप्सु र दार्जीलिङका शहीदहरूलाई देखाएर रोयल्टी खाइरहेका छन्। यो रोयल्टी खाने राजनीति बन्द हुनुपर्छ।

यसैबीच उनले आफ्नो पार्टीले लगातार एनआरसी र सीएएको विरोध गरिरहने पनि दोहोर्‍याए भने आजका जनसभाअवधि डुवर्सका विमल गुरुङ समर्थकहरू आफ्नो पार्टीमा सामेल भएको पनि बताए।

उल्लेखनीय छ, हिजो विनयपन्थी मोर्चा नागरिकता संशोधन ऐन र राष्ट्रिय नागरिक पञ्जीविरुद्ध बनारहाटमा जनसभा आयोजन गरी यी आफ्नो पार्टीको अड़ानबारे मानिसहरूलाई बुझाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here