१५ घर गोरामुमोमा सामेलः अजय एड्वर्डले भने- गोरामुमोमा सत्य र गोर्खाको स्वाभिमान छ

0
1177

दार्जीलिङ, २४ फरवरीः धजे बस्तीबाट १५ घर गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा सामेल भएको दावी गरिएको छ।

हिजो गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डको कार्यालयमा बसेको साङ्गठनिक सभाबीच पोख्रेबुङ-नागरी समष्टिका प्रतिनिधिहरूका उपस्थिति धजे बस्तीका १५ घरले गोरामुमोलाई समर्थन जनाएको बताइएको छ।

यसैबीच सभालाई सम्बोधन गर्दै अजय एड्वर्डले अहिले विमल गुरुङका पछि लाग्नेहरू केवल झोड़ा-नालाका मात्र रहेको पनि बताए।

“२१ वर्षसम्म कसैलाई तपाईं हामीलाई दबाउन सक्दैन थियो। राज्य या केन्द्रका कुनै मन्त्री पहाड़मा सुवास घिसिङको अनुमतिबिना आउन सक्दैन थियो”, उनले थपे, “तर आज हेर्नुस् अहिलेका नेताहरूले कोलकाताको नवान्नमा आफ्नो स्वाभिमान बेचे। यस्ता नेताहरूसँग लाग्यो भने केवल जीटीएसम्म मात्र हो।”

उनले गोरामुमो पार्टीमा सत्य र गोर्खाको स्वाभिमान रहेको ठोकुवा गर्दै १४ वर्षमा दाजुहरूले के गरे/के गरेनन् भन्ने कुरालाई जनताले मूल्याङ्कन गरिरहेको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here