कोरोना भाइरसविरुद्ध लड़्न विष्टद्वारा दार्जीलिङ पहाड़लाई 50 लाखको सहयोग राशि

0
1151

दार्जीलिङ, 24 मार्चः वैश्विक महामारी बनेको कोभिड-१९ (कोरोना भाइरस)-विरुद्ध लड़ाइँ सांसद राजु विष्टले आफ्नो सांसद कोषबाट 50 लाख रुपियाँको सहयोग राशि प्रदान गरेको बताइएको छ।

दार्जीलिङ पहाड़मा कोरोना भाइरसविरुद्ध लड़नका लागि उनले सांसद कोषमार्फत् 50 लाख रुपियाँ प्राप्त गर्नका लागि दार्जीलिङ जिल्लापाल सिफारिश गरेका छन्।

सांसद विष्टले उक्त सिफारिश राशि कोरोना भाइरसको जाँच उपकरण, जिल्ला र खण्ड अस्पतालहरूको क्षमता बढ़ोत्तरी तथा मानिसहरूका लागि सेनिटेशन किट्स र औषधिहरूका वितरण प्रयोग गर्नका लागि पनि सुझाएका छन्।

‘यसका साथै उनले कोषको अनुमोदन र प्रगति कार्यबारे मलाई जानकारी गराइदिने अनुरोध गरेको छु’ सांसद राजु विष्टले भनेका छन्, ‘कतिभने कोरोनाविरुद्धको लड़ाइँमा यो कोषको सही प्रयोग हुनुपर्छ भन्ने म चाहन्छु।’

यसका साथै आउँदा दिनहरूमा आवश्यक कुराहरूमा थप  सहयोग गर्ने पनि उनले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here