कालेबुङ, २४ मार्चः कालेबुङको लाभा बजारनजिक ९ माइलमा यात्रुवाहक वाहन दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
यसका साथै अन्य १४ जना यात्रु घाइते भएका छन्, जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
मृतक चालकको नाम जीवन सुनुवार (३०) बताइएको छ।
जानकारीका अनुसार कालेबुङ बजारबाट गीत कोलबुङतर्फ फर्किरहेका डब्ल्यूबी ७८ ०५६४ नम्बरको यात्रुवाहक वाहन अपराह्न करिब ४ बजी लाभा बजारनजिक ९ माइलमा दुर्घटना हुँदा उक्त वाहनका चालक जीवन सुनुवारको घटनास्थालमै मृत्यु भएको हो।
वाहन मूल सड़कबाट करिब तीन सय फिट तल खसेको छ।
लाभा ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनका कार्यकर्ता र लाभाका युवाहरूले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि कालेबुङ जिल्ला अस्पताल पठाएको लाभा ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनका अध्यक्ष फूर्बा तामाङले जानकारी दिएका छन्।