एसपी शर्माले दिए गोर्खा लिगबाट राजीनामा

0
883

सिलगढी, २४ मार्च: एसपी शर्माले गोर्खा लिग छाडेका छन्।

शर्मा गोर्खा लिग भारती गुटका महासचिव पदमा थिए।

उनले आज महासचिव पदसँगै पार्टीका प्राथमिक सदस्यबाटै राजीनामा दिएका हुन्।

शर्माले आफ्नो राजीनामा पत्र पार्टी प्रमुख भारती तामाङलाई पठाएका छन्। यद्यपि उनले दुई पङ्क्तिको राजीनामा पत्रमा पार्टी छाड्नुका कारण भने खुलाएका छैनन्।

दुई दिन अघि एसपी शर्माले फेसबुकमा एक पोस्ट गरी गोर्खा छाड्ने सङ्केत दिएका थिए। “राज्य र केन्द्रले दार्जिलिङ पहाडमा जुन षड्यन्त्र गरिरहेका छन्, त्यससँग जुझ्न नयाँ रणनीति र टिमको आवश्यकता भएकाले गोर्खा लिगबाट राजीनामा दिएको हुँ”, जनसंवादसँगको टेलिफोनिक कुराकानीमा शर्माले खुलाए। यद्यपि उनले यसबारे विस्तृत रूपमा बताउन चाहेनन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here