कङ्ग्रेसले सिक्किम विधानसभा चुनाउका लागि घोषणा गऱ्यो 18 जना उम्मेदवारका नाम

0
451

गान्तोक, 24 मार्चः  कङ्ग्रेसले सिक्किम विधानसभा चुनाउका लागि बत्तिसमध्ये 18 जना उम्मेदवारका नाम घोषणा गरेको छ।

कङ्ग्रेसले यी उम्मेदवारहरूका नाम हिजो घोषणा गरेको हो।

कङ्ग्रेसले योक्सम-टाशिडिङबाट कमल लेप्चा, याङ्थाङबाट मङ्गल सुब्बा, मानेबुङ-देन्तामबाट एनबी गुरुङ, गेजिङ-बर्मेकबाट श्रेयस सुब्बा, रिन्चेनपुङबाट कर्मा लोडे लेप्चा, सालघारी-जूमबाट दिनेश दर्जी, रातेपानी-नाम्थाङबाट सञ्चमान छेत्री, तुमिङ-लिङ्गीबाट सान्डुप लेप्चा, खाम्दोङ-सिङ्तामबाट टङ्कनाथ अधिकारी,  वेस्ट पान्डामबाट विनोद त्रिखत्री, रिनकबाट कपिल सापकोटा, छुजाचेनबाट गोपाल छेत्री, नाथाङ-माचोङबाट छिरिङ पेमा भोटिया, स्यारीबाट कर्मा टासी भोटिया, आरिथाङबाट सुमित्रा राई, गान्तोकबाट नुमित तार्गेन र अप्पर बुर्तुकबाट आइता तामाङ रहेका छन्।

अघिबाटै कङ्ग्रेसले लोकसभाका लागि सिक्किम प्रदेश अध्यक्ष गोपाल छेत्रीलाई उम्मेदवार बनाइसकेको छ।

उल्लेखनीय छ, अघिबाटै एसडीएफले पाँचजना, सिटिजन एक्सन पार्टीले चौध जना र मञ्च सिक्किमले तीनजना निर्दलीय उम्मेदवारका नाम घोषणा गरिसके तापनि सत्तारूढ एसकेएम पार्टीले भने आजसम्म एकैजना उम्मेदवारका नाम घोषणा गरेको छैन।

सिटिजन एक्सन पार्टीले रहल अठारजनाको नाम आज घोषणा गर्ने सम्भावना छ। त्यसैगरी सत्तारूढ एसकेएमले पनि आज नभए भोलिसम्म आफ्ना उम्मेदवारका नाम घोषणा गर्ने सम्भावना छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here