ब्याङ्कक, 24 अप्रेल : भारतीय बक्सर शिव थापाले एशियाइ च्याम्पियनशीपमा इतिहास रचेका छन्। यो प्रतिष्ठित प्रतियोगितामा असमका यी बक्सरले लगातार चार पदक जितेपछि कीर्तिमान बनाएका हुन्।
थापा एशियाइ च्याम्पियनशीपको सेमीफाइनलमा पुगेका छन्। योसँगै प्रतियोगितामा उनले लगातार चार पदक आफ्नो नाममा गरेका छन्। एशियाइ च्याम्पियनशीपमा लगातार चार पदक जित्ने उनी पहिलो भारतीय बक्सर हुन्।
यसभन्दा अघि थापाले एशियाइ च्याम्पियनशीप-2013 मा स्वर्ण पदक, 2015 –मा कांस्य र 2017 –मा रजत पदक जितेका थिए।
हिजो 25 वर्षीय लाइटवेट (60 किलोग्राम) वर्गको खेलमा थाइल्याण्डका रुजाकर्न जुनत्रोङलाई 5-0 को अन्तरले सहजै पराजित गरी सेमीफाइलमा स्थान बनाए।
सेमीफाइलमा उनको भिड़न्त कजाकिस्तानका जाकिर सफिउल्लिनसँग हुनेछ। यो भिड़न्तलाई कड़ा मानिएको छ। किनभने सफिउल्लिनले 2015-मा रजत पदक जितेका थिए।
थापाबाहेक अनुभवी एल सरिता देवी (60 किलोग्राम) पनि सेमीफाइनलमा पुगेकी छन्। त्यस्तै आशिष कुमार (75 किलोग्राम) पनि सेमीफाइनलमा पुगेका छन्।