बङ्गालमा दिदी (ममता)-को सूर्य अस्ताउन लागेको छ : मोदी

0
1536
वीरभूमको बोलपुरमा चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी (फोटो साभार -ट्विटर)

वीरभूम, 24 अप्रेल : बुधबार वीरभूमको कामरपाड़ामा प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी सभालाई सम्बोधन गर्दै राज्यकी मुख्यमन्त्री एवं तृममूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीमाथि तीखो शब्दमा कटाक्ष गरिन्।

मोदीले भने, ‘‘पश्चिम बङ्गालमा दिदी (ममता)-को सूर्य अस्ताउन लागेको छ। लोकसभा चुनाउको तेस्रो चरणको मतदानपछि एको खबरले यो कुरा स्पष्ट भएको छ। यदि दिदीसँग गुण्डाहरूको ताकत छ भने हामीसँग लोकतन्त्रको शक्ति छ।’’

उनले आज जो कोहीले देशका प्रधानमन्त्री बन्ने सपना देखिरहेको पनि बताए। प्रधानमन्त्रीले भने, ‘‘जुन पार्टी 20 या 25 सीटमा चुनाउ लड़िरहेको छ, त्यो पार्टीले पनि प्रधानमन्त्रीको पदमा दाबी गर्न चाहन्छ। दिदी भन्छिन्- ‘चियावालाले पाँच वर्षमा केवल विदेश भ्रमण गरे।’, तर आज सम्पूर्ण दुनियाँले भारतको सामर्थ्यलाई यिनै विदेशी भ्रमणहरूको कारण स्वीकार गरिरहेको कुरा भने उनले देखेकी छैनन्।’’

मोदीले निष्पक्ष र पारदर्शी चुनाउ सम्पन्न गराइरहेको भन्दै चुनाउ आयोगप्रति आभार प्रकट पनि गरे। ‘‘यद्यपि दिदी चुनाउ आयोगसँग असन्तुष्ट हुँदैछिन्। एक बलियो सरकार बनाउनका लागि मतदान गर्न गइदिने म तपाईंहरू सबैलाई आग्रह गर्दछु’’, उनले थपे, ‘तपाईंहरूको मतदानले नै देशमा बलियो सरकार बन्नेछ। र आतङ्कवाद स्वाहा हुनेछ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here