सिलगढ़ी, २४ अप्रेलः शरीरमा धेरै ठाउँ चोटपटकको दागसहित एक वृद्ध महिलाको निवस्त्र मृतदेह फेला परेपछि सिलगढ़ीको चम्पासरी छेउ समर नगर कलोनीमा बुधवार बिहान सनसनी फैलियो।
महिलाको पहिचान पुकु उराउँ (80)-को रूपमा गरिएको छ। उनी चम्पासरीको दक्षिणी पलास नगर निवासी हुन्।
परिवारका सदस्यहरूले उनलाई बलत्कार गरेर मारिएको आरोप लगाउँदै प्रधान नगर पुलिस थानामा प्राथमिकी दर्ता गरेका छन्। उनीहरूले जनाएअनुसार, पुकु मदपान गर्थिन्।
मङ्गलबार राति खाना खाएपछि उनले मदिरा पिउन भनेर 50 रुपियाँ मागिन् र घरबाट हिँड़िन्, तर उनीहरू फर्किएर आइनन्। बुधवार बिहान उनको घरदेखि करिब 100 मिटरको दूरीमा उनको निवस्त्र मृतदेह फेला पर्यो। शरीरमा लुगा थिएन अनि विभिन्न भागमा अनेकौं चोटहरू थिए।
प्रधान नगर पुलिस थानाका अधिकारीहरूले यो मुद्दाको छानबिन थालेका छन्। मृतदेह पोस्टमर्टमको निम्ति उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा पठाइएको छ।