कालेबुङ, २४ अप्रेल : डुप्लिकेट जुत्ता-चप्पल बेचेको आरोपमा बुधबार एक व्यवसायीलाई पक्राउ गरिएको छ।
पक्रा परेका व्यवसायीको नाम अबु बखर बताइएको छ। जानकारीका अनुसार युनाइटेड ओभरसीज ट्रेड मार्क कम्पनी अमेरिकाको कोलकातास्थित एक प्रतिनिधिले कालेबुङ थानामा गरेको उजुरीको आधारमा कालेबुङ पुलिसले व्यवसायी बखरलाई पक्राउ गरेको हो।
कालेबुङ जिल्ला एन्फोर्समेन्ट ब्राञ्च र कालेबुङ पुलिसको टीमले स्थानीय सीके चोकस्थित बखरको दोकानमा छापामारी गरी १०७ जोड़ी डुप्लिकेट क्रक्स चप्पल बरामद गर्नका साथै दोकानका मालिकलाई पक्राउ गरेको छ।