दार्जीलिङ, 24 अप्रेलः दार्जीलिङका महिलाहरू पनि लकडाउन तोड्न खप्पिस छन्।
यसैकारण आज दार्जीलिङ पुलिसले 33 जना महिलालाई पनि पक्राउ गरेर डिजास्टर म्यानेजमेन्ट एक्ट लगाएको छ।
आज दार्जीलिङ पुलिसले कुल 58 जनालाई लकडाउन तोड़ेको आरोपमा पक्राउ गरेको थियो, जसमा 33 जना महिला सामेल छन्।
कोरोना सङ्क्रमणको शृङ्खला (चेन) तोड्नका लागि नै हाल देशमा दोस्रो चरणअन्तर्गत् 19 दिनको लकडाउन चलिरहेको छ। जसको आज दशौं दिन हो।
यस दशौं दिनको अवधिमा दार्जीलिङ पुलिसले लकडाउन तोड़ेको साथै मास्क नलगाएर बिनाकारण बजार घुनमिरहेका सयौंजनालाई पक्राउ गरिसकेको छ।
लकडाउन तोड़ेको साथै मास्क नलगाएका कैयौं मानिसलाई पुलिस पक्राउ गरिरहेको खबरलाई विभिन्न समाचार-पत्र, सामाजिक सञ्जाल साथै टीभी च्यानल आदिले दैनिकरूपले प्रसारण गर्दै आइरहे तापनि यसबारे कसैलाई कुनै वास्ता नै नरहेको आजको पक्राउबाट स्पष्ट भएको छ।
किनभने, दार्जीलिङ पुलिसले लकडाउन तोड़ेको साथै मास्क नलगाएको आरोपमा नै हालसम्म सयौंजनालाई पक्राउ गरिसकेको छ। तरै पनि यहाँका मानिसहरूले यसलाई टेरेका छैनन्। यसैले दार्जीलिङ पुलिसले मानिसहरूलाई आ-आफ्नो घरमा नै बसेर लकडाउन सफल बनाउन अनि कोरोना भाइरसको प्रकोपलाई परास्त गर्ने अपील गर्दै आइरहेको छ।
तर, दैनिकरूपमा नै दार्जीलिङ शहरमा व्यापक मानिसहरू भीड़ थुप्रिने गरेको छ।