जीटीएद्वारा सिन्कोना बगानका श्रमिकहरूलाई 6000 मास्क र सेनिटाइजर प्रदान

0
950

दार्जीलिङ, 24 अगस्तः जीटीएले आज सिन्कोना बगानका श्रमिकहरूका लागि 6000 मास्क र सेनिटाइजर उपलब्ध गराएको छ।

जीटीए बीओएका अध्यक्ष अनित थापाले यसबारे जानकारी गराएका छन्।

उनका अनुसार जीटीएले रङ्मुक सिडर्स र कालेबुङ जिल्लाअन्तर्गत पर्ने सबै चियाकमानका श्रमिकहरूका लागि पनि मास्क पठाएको  छ।

थापाका अनुसार जीटीएले क्षेत्रका सम्पूर्ण चियाकमानका श्रमिकहरूका लागि मास्क उपलब्ध गराइसकेको छ। साथै आवश्यक परेको खण्डमा थप मास्क उपलब्ध गराउने बताएका छन्।

‘केन्द्र र राज्य सरकारको निर्देशलाई पालन गरी जीटीए क्षेत्रका चियाबगान र सिन्कोना बगानमा कामहरू सञ्चालन भइरहेका छन्। 25 प्रतिशत श्रमिक लगाएर, सामाजिक दूरी पालन गरी बगानका काम गर्नसक्ने निर्देश छ’, अनित थापाले थप भनेका छन्, ‘म स्वयं चिया र सिन्कोना बगानमा सामाजिक दूरीको पालन विषय नजिकबाट निगरानी गर्दैछु। मेरा लागि श्रमिकहरूको स्वास्थ्य, आर्थिक उन्नतिभन्दा महत्त्वपूर्ण छ। म बगानका श्रमिकहरूलाई सामाजिक दूरी पालन गर्ने कुरामा जोड़ दिन्छु।

यसका साथै थापाले आफू आउँदा दिनहरूमा चिया र सिन्कोना बगान जाने तथा त्यहाँ वर्तमान स्थितिमा सामाजिक दूरीको पालन र स्वास्थ्य सेवाको  मूलभूत व्यवस्थाबारे जानकारी लिनका लागि निरीक्षण गर्ने बताएका छन्।

अर्कोतिर आज थापाले कालेबुङको प्रवेशद्वार चित्रेको भ्रमण गरे। विशेषगरी त्यहाँ उच्च प्रविधियुक्त थर्मल स्क्यानर जड़ान गर्नहेतु ठाउँ चयनका लागि उनले आज चित्रेको भ्रमण गरेका हुन्। उनका अनुसार आज यसका लागि उनीहरूले ठाउँ चयन गरेका छन् भने भोलिदेखि कार्य शुरू हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here