दार्जीलिङमा थप एकजना कोरोना सङ्क्रमित महिलाको मृत्यु

0
1207

दार्जीलिङ, 24 अप्रेलः दार्जीलिङमा कोरोना सङ्क्रमित थप एकजना महिलाको मृत्यु भएको छ। यससँगै कोरोना दोस्रो लहरका कारण दार्जीलिङमा मृत्यु हुने महिलाहरूको चार पुगेको छ।

दार्जीलिङ अस्पतालका स्वास्थ्य अधिकारी डा. एस चन्दाका अनुसार हिजो राति करिब 11 बजी दार्जीलिङ जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामा कोरोना सङ्क्रमित एक 66 वर्षीय महिलाको मृत्यु भएको हो। महिला दार्जीलिङ नगरपालिकानिवासी रहेको बताइएको छ। उनका अनुसार ती महिलालाई हिजै उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो भने कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको थियो।

डा चन्दाका अनुसार ती महिलाको अक्सिजन लेभल केवल 35 प्रतिशत कम्ती थियो।

मृतक महिलाको आज बिहानै कोविड प्रोटोकल्सअनुसार अन्तिम संस्कार गरिएको छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here