बलिउडमा नेगिटिभ रोलले छुट्टै स्पेस बनाएका अभिनेता किरण कुमार पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। स्वयं उनले यसको पुष्टि गरेका छन्।
पछिल्लो १४ मईकै दिन उनी कोरोना सङ्क्रमित भएको बताइएको छ।
बलिउडका यी चर्चित अभिनेताका अनुसार उनलाई कोरोना भाइरसका कुनै लक्षण देखिएको थिएन। एसिम्टम्याटिक भएका कारण उनी अहिले सेल्फ आइसोलेशनमा रहेका छन्।
“मेरो घर धेरै ठूलो रहेकाले माथिल्लो तलामा सबै नियम पालन म एक्लो बसेको छु। तल्लो तलामा मेरा परिवार छन्”, किरण कुमारले थप भनेका छन्, “यसैले कुनै प्रकारका चिन्ता गर्नुपर्ने कारण छैन। म एकदमै ठीक छु।”
जानकारीका अनुसार उनको अघिल्लो टेस्ट अब २६ मईका दिन हुनेछ।