उत्तर सिक्किममा पैह्रोले पुरिएर महिलाको मृत्यु, दुई घाइते

0
1050

गान्तोक, २४ मईः आइतवार मध्याह्न उत्तर सिक्किमको कबी लुङचोक समष्टिअन्तर्गत माथिल्लो लिङचोमस्थित सताला गाउँमा गएको पैह्रोले पुरिएर ५४ वर्षीय महिलाको मृत्यु भएको छ।

मृतक महिलाका नाम फुफुल्हमु शेर्पा हुन्। माथिल्लो लिङचोम ग्राम पञ्चायत सदस्य छेवाङ फुर्बा शेर्पाले दिएको जानकारीका अनुसार पैह्रो आज अपराह्न १२.३० बजे गएको हो।

माथिबाट सोरिएर आएको पैह्रोको चपेटमा परी ३७ वर्षीय लाक्पा डोमा शेर्पा र २९ वर्षीय भाइचुङ शेर्पा गरी दुईजना घाइते भएका छन्, जसलाई उपचारका लागि गान्तोकस्थित एसटीएनएम अस्पताल भर्ना गरिएको छ।

पञ्चायत सदस्य शेर्पाका अनुसार पछिल्ला तीन दिनदेखि लगातार परिरहेका पानीका कारण आज अपराह्न पैह्रो गएका हो।

उनका अनुसार पैह्रो गएका सताला गाउँमा कुल ८ घर थिए, जसमध्ये दुई घर पूर्ण रूपले क्षतिग्रस्त भएका छन् भने पीड़ित परिवारलगायत अन्य ६ घरका परिवारलाई अन्य सुरक्षित स्थान सारिएको छ।

यस क्षेत्रलाई जोड़्ने सड़क मार्गलाई ठाउँ-ठाउँमा गएका सानाठूला पैह्रोले क्षति पुऱ्याएका छन्।

आज यस क्षेत्रका विधायक एवं राज्यका मन्त्री कर्मा लोडे भोटियालगायत प्रशासनिक अधिकारीहरूले पहिरोग्रस्त क्षेत्रको भ्रमण गरी क्षयक्षतिको आकलन गरेका थिए।

जानकारीका अनुसार पैह्रोकै कारण मङ्गन-गान्तोक मार्ग पनि बाधित बनेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here