स्वस्थ भएका तीनजनाले पाए अस्पतालबाट छुट्टी

0
1145

सिलगढ़ी, २४ मईः स्वस्थ भएपछि कोभिड अस्पतालको रूपमा रूपान्तर गरिएको डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालबाट आज तीनजनाले छुट्टी पाएका छन्, जसमा एकजना उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आँखा विभागका वरिष्ठ डाक्टर पनि सामेल छन्।

अन्य दुईमध्ये एकजना अलिपुरद्वार र अर्का चेन्नईनिवासी हुन्।

पछिल्लो २९ अप्रेलका दिन कोलकाताबाट अन्य डाक्टरहरूसँग बसमार्फत् सिलगढ़ी फर्केका यी डाक्टर १ मईका दिन कोरोना पोजिटिभ पाइएको थियो।

त्यसपछि ६३ वर्षीय डाक्टर डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा उपचाराधीन थिए। यद्यपि त्यसपछिका दुई टेस्ट पनि पोजिटिभ आएपछि डाक्टरहरूको चिन्ता बढ़ेको थियो। तर त्यसपछि लगातार दुईपटक टेस्ट नेगिटिभ आएपछि आज छुट्टी दिइएको हो।

अर्कोतिर त्रिपुरामा एकजना रोगीलाई पुऱ्याएर फर्किने क्रममा अलिपुरद्वार पुलिसले एकजना एम्बुलेन्सका चालकको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि पठाइएको थियो। उनको पनि रिपोर्ट पोजिटिभ आएपछि यस कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

यी एम्बुलेन्स चालकको पनि लगातार दुईजना टेस्ट रिपोर्ट नेगिटिभ आएपछि आज छुट्टी दिइएको हो।

यसैगरी अलिपुरद्वार एकैसाथ चारजनाको शरीरमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो, जसमध्ये तीनजना अगावै स्वस्थ भएर छुट्टी पाएका थिए, एकजनाको रिपोर्ट पोजिटिभ नै आएका कारण उपचाराधीन थिए। उनको पनि दुईपटक लगातार रिपोर्ट नेगिटिभ आएपछि आज छुट्टी दिइएको छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here