खरसाङ, 24 मईः कोरोना सङ्क्रमितहरूलाई राख्नका लागि तीनधारे उच्चतर माध्यमिक विद्यालयलाई कोविड सेफ हाउस बनाइने भएको छ।
जानकारीका अनुसार यो सेफ हाउसमा सबै स्वास्थ्य सुविधा उपलब्ध गराइनेछ।
उल्लेखनीय छ, पछिल्ला केही दिनयता तीनधारे तथा यसका संलग्न क्षेत्रमा कोरोना सङ्क्रमणका मामिला बढ़्दै गइरहेको छ।
आज तीनधारे तथा संलग्न क्षेत्रका लागि कोविड सेफ हाउस स्थापनाका लागि कोविड कोअर्डिनेशन कमिटी, जीपी सर्विलेन्स टिम, खण्ड विकास अधिकारी, पञ्चायत सचिव, प्रगति सङ्घ र जीटीएका प्रतिनिधिहरूले संयुक्त रूपले तीनधारे उच्चतर माध्यमिक विद्यालयलाई छनौट गरी यस विद्यालयको परिभ्रमण गरियो।
अब चाँड़ै यस विद्यालयलाई कोविड सेफ हाउसमा परिणत गरिनेछ। जानकारीका अनुसार एक-दुई दिनभित्रै स्वास्थ्य विभागका अधिकारीहरूले यस विद्यालयको परिभ्रमण गर्नेछन्।