क्रामाकपाले भोलि भेट्ने राज्यपाल-“हामीलाई चाहिएको गोर्खाल्याण्ड हो”

0
917
गोविन छेत्री (फाइल फोटो)।

दार्जीलिङ, 24 जूनः क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले भोलि राज्यपाल जगदीप धनखड़लाई भेट्नेछ।

प्रवक्ता गोविन छेत्रीले जनसंवादलाई बताएअनुसार पार्टी अध्यक्ष आरबी राईको नेतृत्वमा एक टोलीले भोलि राज्यपालसँग भेट गर्नेछ।

भेटवार्ताअवधि क्रामाकपा टोलीले राज्यपालसमक्ष छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागलाई प्रमुखतासँग राख्ने उनले बताएका छन्।

“हामीलाई चाहिएको गोर्खाल्याण्ड हो। त्यसैले भोलि हाम्रो टोलीले राज्यपालसमक्ष पनि यही माग राख्नेछ”, छेत्रीले भने।

एक प्रश्नको उत्तरमा उनले भने, “उत्तर बङ्गाल बनाओस् कि दक्षिण बङ्गाल; हामीलाई सरोकार छैन। तर भारतीय गोर्खाहरूको चिनारीका लागि छुट्टै राज्य गोर्खाल्याण्ड भएकै हुनुपर्छ।”

गोविन छेत्रीका अनुसार भाजपाले आफ्नो सङ्कल्प-पत्रमा गरेको वाचालाई यथाशीघ्र पूरा गर्नका लागि दार्जीलिङ पहाड़, तराई एवं डुवर्सको दीर्घकालीन समस्याको स्थायी राजनीतिक समाधानमार्फत् छुट्टै राज्यको गठनको पहल शुरू गर्नपर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here