सुवासमणि सिँह, विक्रमादि राई र नोएल शर्माले पाए जमानत

0
66

गान्तोक, २४ जूनः सिक्किम गृह विभागले ६ जूनका दिन गान्तोक सदर थानामा दर्ता गरेको प्राथमिकीको आधारमा सिक्किम पुलिसले पक्राउ गरेका सुवासमणि सिँह, विक्रमादि राई र सिक्किमका नोएल शर्माले आज (मङ्गलवार) १७ दिनपछि जमानत पाएको अधिवक्ता प्रताप खातीले जानकारी गराएका छन् ।

सिक्किम-दार्जीलिङ एकीकरणका पक्षधर गोर्खा सेवा सेनाका यी तीनजनालाई ५० रुपियाँको बोन्डसहित आज प्रिन्सिपल एन्ड सेसन जज गान्तोकले जमानत दिएको हो ।

गोर्खा सेवा सेनाका यी तीनजना कार्यकर्ताको रिहाइका लागि अधिवक्ता प्रताप खाती, नरेन राई, वन्दना राई, पासाङ तामाङ र सुरज छेत्रीले कानुनी लडाइँ लडिरहेका थिए ।

उल्लेखनीय छ, सिक्किमको स्वर्ण जयन्तीको लोगोको दुरुपयोग, आरटीआई सुनवाइको गलत व्याख्या र सिक्किमको अखण्डतालाई क्षति पुग्ने कार्य गरेको आरोप लगाउँदै सिक्किमको गृह विभागले ६ जूनका दिन गान्तोक सदर थानामा प्राथमिकी दर्ता गरेको थियो ।

यो प्राथमिकीमाथि त्वरित कारबाही गर्दै सिक्किम पुलिसले सुवासमणि सिँह र विक्रमादि राईलाई सात जूनका मध्याह्न र सिक्किमका नोएल  शर्मालाई त्यसै दिन राति पक्राउ गरेको थियो भने भोलिपल्ट अर्थात ८ जूनका दिन अदालतमा उभ्याइएको थियो ।

त्यसदिनदेखि उनीहरू न्यायिक हिरासतमा थिए ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here