भारतको झोलीमा पहिलो पदकः मीराबाई चानुले जितिन् रजत

0
852
(फोटो साभारः टाइम्स अव् इन्डिया ट्विटर।)

टोक्यो, २४ जुलाईः टोक्यो ओलम्पिकमा भारतले पहिलो पदक आफ्नो झोलीमा हालेको छ। वेटलिफ्टर मीराबाई चानुले महिलाहरूका ४९ किलोग्राम वेट क्याटेगरीमा कुल २०२ किलोग्राम तौल उठाएर रजत पदक जितिन्।

चीनकी होउ जिहुईले २१० किलोग्रम तौल उठाएर स्वर्ण पदक जितिन्। त्यसैगरी इन्डोनेशियाकी क्यान्टिका विन्डीले कांस्य पदक जितिन्।

अर्कोतिर, भारतीय सुटर सौरभ चौधरी १० मिटर एयर पिस्तोल इभेन्टको फाइनलमा सातौँ स्थानमा रहे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here