पूर्व वित्त मन्त्री एवं भाजपाका वरिष्ठ नेता अरुण जेटलीको निधन

0
1319
अरुण जेटली (फाइल फोटो)।

नयाँ दिल्ली, 24 अगस्त : पूर्व वित्त मन्त्री एवं भाजपाका हेभिवेट नेता अरुण जेटलीको आज निधन भएको छ। जानकारीका अनुसार 12 बजेर 7 मिनट जाँदा उनको निधन भएको हो। उनी 66 वर्ष पुगेका थिए।

 पछिल्लो 9 अगस्तदेखि एम्समा जेटलीको उपचार चलिरहेको थियो। श्वास फेर्नमा समस्या भएपछि उपचारका लागि उनलाई एम्समा भर्ती गरिएको थियो। जेटलीको निधनको खबर सुनेपछि गृहमन्त्री अमित शाहले हैदराबादको भ्रमण रद्द गरी सोझै दिल्ली प्रस्थान गरिसकेका छन्।

भाजपाका वरिष्ठ र प्रभावशाली नेता जेटलीको फोक्सोमा पानी जमिने गरेकै कारण श्वास-प्रश्वासमा समस्या देखिएको थियो। जसको कारण डाक्टरहरूले उनलाई लाइफ सपोर्ट सिस्टममा राखेका थिए।

जेटली सफ्ट टिशु सरकोमा रोगले ग्रसित थिए। यो एक प्रकारको क्यान्सर हो। उल्लेखनीय छ, जेटली मधुमेहको रोगी पनि थिए। यसका साथै किडनी ट्रान्सप्लाण्ट पनि गरिएको थियो।

दिल्ली विश्वविद्यालयबाट छात्र नेताको रूपमा राजनीतिक करिअर शुरु गरेका जेटली सर्वोच्च न्यायालयका वरिष्ठ उकिल पनि थिए। मोदी सरकारको पहिलो कार्यकालमा वित्त मन्त्रालय सम्हालेका उनी स्वास्थ्य समस्याको कारणले नै दोस्रो कार्यकालको मन्त्रिमण्डलमा सामेल भएका थिएनन्।

उल्लेखनीय छ, उनी अटल बिहारी वाजपेयी सरकारमा पनि केन्द्रिय मन्त्री रहेका थिए। उनको गन्ती देशका उत्कृष्ट उकिलहरूमा हुन्थ्यो। स्मरणरहोस्, पछिल्लो 16 दिनभित्र भाजपाले आफ्ना दुई वरिष्ठ र प्रभावशाली नेता गुमाएका छन्। यसभन्दा अघि पछिल्लो 6 अगस्तको दिन पूर्व विदेश मन्त्री एवं वरिष्ठ नेतृ सुषमा स्वराजको निधन भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here