बुद्ध जयन्तीलाई राष्ट्रिय विदा घोषणा गरिनुपर्ने माग

0
1157
राजु विष्टलाई ज्ञापन दिँदै आकाश लामा।

सिलगढ़ी, 24 अगस्त : अल इण्डिया बुद्धिस्ट फोरम (एआईबीएफ)-ले बुद्ध जयन्तीलाई राष्ट्रिय विदा घोषित गरिनुपर्ने माग प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष गरेको छ। एआईबीएफका महासचिव आकाश लामाले जनाएअनुसार फोरमका प्रतिनिधिहरूले बिहीवार नयाँ दिल्लीमा दार्जीलिङका सांसद राजु विष्टलाई भेटेर बुद्ध जयन्तीलाई राष्ट्रिय विदा घोषित गरिनुपर्नेलगायत अन्य मुद्दाहरूबारे एक ज्ञापन चढ़ाएका थिए।

यससम्बन्धमा जानकारी गराउँदै आकाश लामाले भने, ‘हामीले यस विषयमा सांसद राजु विष्टलाई ज्ञापन चढ़ाएका छौं। बुद्ध जयन्तीमा राष्ट्रिय विदा घोषित गरिनुपर्ने मागको ज्ञापन प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पठाएका छौं।’

उनका अनुसार ज्ञापनमा समावेशिएका अन्य मागहरूमा अल्पसङ्ख्यक आयोग (राज्य र केन्द्र)-मा उत्तर बङ्गाल क्षेत्रका बौद्ध समुदायका एक प्रार्थीलाई सामेल गरिनुपर्ने, पाली र भोटी भाषाको अध्ययनका लागि उत्तर बङ्गाल र उत्तरपूर्वी क्षेत्रमा बुद्धिस्ट युनिभर्सिटीको स्थापना गरिनुपर्ने तथा अन्य छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here