शहीद राजीव थापाको पार्थिव शरीर बाघडुग्रा ल्याइपुऱ्याइयो, भोलि मेचपाड़ा लगिने

0
1502
बाघडुग्रा ल्याइपुऱ्याइएको शहीद थापाको पार्थिव शरीर।

सिलगढ़ी, 24 अगस्त : पाकिस्तानी सेनाको गोलीबारीमा शहीद बनेका कालचिनी मेचपाड़ा 8  नम्बरनिवासी राजीव थापाको पार्थिव शरीर शनिवार अपराह्न  विशेष विमानबाट बाघडुग्रा ल्याइपुऱ्याएको छ। उल्लेखनीय छ, हिजो सेना चौकी र ग्रामीण क्षेत्रलाई लक्षित गरी पाक सेनाले गरेको गोलीबारीमा 3/5 गोर्खा राइफल्सका नायक राजीव थापा शहीद भएका थिए। उनी रजौरी जिल्लाको नौसेरा सेक्टरमा तैनाथ थिए।

आज अपराह्न बाघडुग्रा ल्याइपुऱ्याएको शहीद थापाको पार्थिव शरीर स्थानीय बेङ्गडुबीस्थित मिलिट्री स्टेशनमा राखिनेछ। भोलि बिहान सलामी र अन्य0 कार्यक्रमपछि विशेष विमानमार्फत मेचपाड़ा लगिनेछ। जहाँ भोलि नै पूर्ण सैनिक सम्मानसहित अन्तिम संस्कार गरिनेछ। यसअवसरमा सेनाका वरिष्ठ अधिकारीहरू उपस्थित रहने बताइएको छ।   जानकारीका अनुसार राजीव थापाको पार्थिव शरीरलाई स्थानीय 158 बेस अस्पतालमा राखिएको छ।

रक्षा मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्तिमा लेफ्टिनेण्ट कर्नल देवेन्द्र आनन्दले भनेका छन्, ‘नायक राजीव थापा एक बहादुर, अत्यन्त प्रेरणादायी र इमानदार सैनिक थिए। राष्ट्र सधैँ सर्वोच्च बलिदान र कर्तव्यप्रतिको समर्पणका लागि उनको ऋणि रहनेछ।’ अर्कोतिर देशका लागि आफ्नो प्राणको बलिदान दिने थापाको घरमा आज सांसद जोन बारला र विधायक विल्सन चम्प्रामारी पनि पुगेका थिए। यसअवसरमा उनीहरूले थापाका परिवारलाई भेट गरी समवेदना प्रकट गरेका थिए।

34 वर्षीय शहीद राजीव थापाले आफूपछि पत्नी खुश्बु थापा, 8 महिने छोरी काव्य थापा, पिता कुमार थापा, आमा रीना थापालगायत दिदी-बहिनी छोड़ेर गएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here