दार्जिलिङ, २४ अगस्तः अमरसिंह राईले सिलगढ़ी-जलपाइगढ़ी जेवलपमेन्ट अथोरिटी (एसजेडीए)-बोर्डका उपाध्यक्षको पदभार लिएका छन्।
उनले आजदेखि यो पदभार लिएका हुन्।
जानकारीका अनुसार आउँदो २८ अगस्तका दिन शहरी विकास मन्त्री चन्द्रिमा भट्टाचार्यले सिलगढ़ीमा एसजेडीए बोर्डका अधिकारीहरूसँग बैठक गर्नेछिन्। उक्त बैठकमा राई पनि उपस्थित रहनेछन्।
यो बैठकको भोलिपल्ट अर्थात २९ अगस्तका दिन मन्त्रीले एसजेडीएका टोलीसँग जलपाइगढ़ी क्षेत्रको भ्रमण गर्नेछिन्।
एसजेडीएको नयाँ बोर्डले क्षेत्रीयस्तरका मानिस तथा प्रशासनका अधिकारीहरूमाझ तालमेल राखेर काम गर्ने योजना बनाएको एसजेडीए बोर्डका अध्यक्ष सौरभ चक्रवर्तीले बताएका छन्।