भुइँचालोले पाक अधिकृत कश्मीरमा अत्यधिक क्षति

0
1742

नयाँ दिल्ली, २४ सेप्टेम्बर : दिल्ली-एनसीआरसमेत उत्तर भारतका ठूलो भागमा भुइँचालोको ठूलो झट्का महसुस गरियो। रिपोर्ट्सका अनुसार पाकिस्तान अधिकृत कश्मीर (पीओके)-को कश्मीरको मीरपुरदेखि १५ किलोमिटर टाढ़ास्थित जाटलानमा भुइँचालोको केन्द्र रहेको थियो। भारतीय मौसम विभागका अनुसार भुइँचालोको तीव्रता रिक्टर स्केलमा 6.3 मापिएको छ।  पाकिस्तानसँग जोड़िएको भारतको जम्मू-कश्मीरमा भुइँचालोको तीव्रता सबैभन्दा अधिक थियो।

भारतीय समयानुसार बेलुकी 4:31 बजे भुइँचालोको झट्का महसुस गरियो। पाकिस्तानको मीरपुरमा सबैभन्दा बेसी क्षति पुगेको बताइँदैछ। भुइँचालोको कारण धेरै भवन ढलेका छन्। धेरै ठाउँका सड़कमा ठूल्ठूला चिरा परेको छ। यो समाचार तयार पारुञ्जेलसम्म एक बालिकासहित पाँचजना मृत्यु भएको खबर छ। यसका साथै करिब 50 जना नागरिक घाइते भएको बताइँदैछ। कश्मीर जोनको पुलिसले जम्मू-कश्मीरमा कुनै प्रकारको क्षति नभएको पुष्टि गरेको छ।

मीरपुरको जाटलानमा  नहरको किनार चेउ रहेको सड़क पूर्ण रूपले द्वस्त भएको छ। यसका साथै सड़कमा रहेका वाहनहरू पनि पूर्ण रूपले क्षतिग्रस्त भएका छन्। ठूल्ठूला भवनहरू क्षतिग्रस्त बनेको खबर छ। झेलम नदीमा रहेको मङ्गला ड्यामनजिक पनि अत्यधिक क्षति पुगेको बताइँदैछ। पाकिस्तानको जियो न्युज च्यानलका अनुसार उक्त नहरको किनारमा करिब 20 गाउँ छन्, जुन गाउँका हजारौं मानिस भुइँचालोको कारण फँसेको हुनसक्ने आशङ्का गरिएको छ। 8 अक्टोबर, 2005-मा पनि पाकिस्तान अधिकृत कश्मीरमा भुइँचालोले अत्यधिक क्षति पुऱ्याएको थियो।

जम्मू-कश्मीरको रजौरी, पुँछ, जम्मू, उधमपुर र रामबनका केही भागमा भुइँचालोको तीव्रता धेरै थियो। जम्मू-कश्मीरलगायत दिल्ली-एनसीआरका धेरै क्षेत्रमा पनि भुइँचालो झट्का महसुस गरिएयो। यसका साथै चण्डीगढ़, अम्बला, पानीपत, अमृतसर, लुधियानासमेत पंजाब, हरियाणा र राजस्थानका सबै शहरमा भुइँचालोको झटका महसुस गरिएको थियो।

दिल्लीसमेत गुरुग्राम, नोएडा र गाजियाबादमा भुइँचालोको झट्का महसुस गरेपछि मानिसहरू डरले घर र कार्यालयबाट बाहिर निस्केका थिए। धेरै बेरसम्म मानिसहरू भुइँचालोको डरको कारण मैदान र सड़कमा बसेका थिए। पाकिस्तानको लाहौर र इस्लामाबादमा भुइँचालोको तीव्रता भारतीय शहरहरूको तुलनामा धेरै थियो। उल्लेखनीय छ,  20 सेप्टेम्बरको दिन महाराष्ट्रको पालघर जिल्लामा पनि भुइँचालोको झट्का महसुस गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here