अनित थापाले गरे पैह्रो प्रभावित क्षेत्रका निरीक्षण भ्रमण

0
1210

दार्जीलिङ, 25 सेप्टेम्बरः आज मिरिक सौरेनीको पैह्रोग्रस्त क्षेत्रको निरीक्षण गर्न पुगेका जीटीए बीओएका अध्यक्ष अनित थापाले त्यहाँका 27 परिवारलाई सुरक्षित स्थलमा राख्नका लागि राहत शिविर सञ्चालन गर्ने निर्देश दिएका छन्।

यसका साथै आपदा प्रबन्धन कमिटीको सकारात्मक पहलका कारण नै 27 परिवारलाई सुरक्षित स्थानमा लैजान सकिएको उनले बताएका छन्।

यसैगरी थापाले पैह्रोका कारण क्षतिग्रस्त भएको पुलको पुनर्निर्माण र विच्छिन्न बनेका गाउँहरूलाई जोड़्नका लागि अन्य विकल्पहरू खोज्नका लागि चाँड़ै अभियन्ताहरू पठाउने पनि बताएका छन्।

अर्कोतिर, उनले जीटीए क्षेत्रका सबै आपदा प्रबन्धन कमिटीलाई सक्रिय बसिदिनका लागि अनुरोध गरेका छन्, ताकि प्राकृतिक प्रकोपको चपेटमा परी कसैले पनि आफ्नो ज्यान नगुमाऊन्।

यसअवसरमा जीटीए बीओएका अध्यक्ष अनित थापासँग  मिरिक नगरपालिकाका अध्यक्ष एल.बी. राई र जीटीएका लाइजन अफिसर अरुण सिञ्जी पनि उपस्थित थिए।

यसअवधि थापाले प्रभावित गाउँलेहरूसँग पैह्रोले पुऱ्याएको क्षयक्षतिबारे पनि जानकारी लिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here