गान्तोक, 25 सेप्टेम्बरः सिक्किममा थप एकजना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। यसका साथै राज्यमा कोरोना भाइरसका मृत्यु हुनोहरूको कुल सङ्ख्या 31 पुगेको छ।
हिजो पनि राज्यमा कोरोनाका कारण 50 वर्षीय व्यक्तिको मृत्यु भएको थियो।
अर्कोतिर, आज राज्यमा 64 नयाँ मामिला प्रकाशमा आएको छ। 64 नयाँ मामिलामध्ये 59 मामिला पूर्व सिक्किमबाट, 3 मामिला दक्षिण सिक्किमबाट तथा एक-एकवटा मामिला पश्चिम र उत्तरबाट आएको छ।
यससँगै सिक्किममा कुल सङ्क्रमित सङ्ख्या 2612 पुगेको छ, जसमध्ये 1974 जना स्वस्थ भई आ-आफ्नो घर फर्केका छन्। हाल राज्यमा एक्टिभ केस 607 रहेको छ।