गायक/सङ्गीतकार विनोद स्याङ्देनको निधन

0
807

दार्जिलिङ, २४ सेप्टेम्बरः ख्यातिप्राप्त गायक/सङ्गीतकार विनोद स्याङ्देन अब हामीमाझ सशरीर रहेनन् । आज अपराह्न करिब २.२० बजे उनको निधन भएको हो ।

उनी ७१ वर्ष पुगेका थिए ।

पारिवारिक सूत्रले दिएको जानकारीका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो ।

मृत्यु हुनभन्दा केही अघिसम्म गायक/सङ्गीतकार विनोद स्याङ्देनले आफ्नो नयाँ अडियो-भिजुअलका लागि कार्य गरेका थिए । यसै अडियो-भिजुअलका लागि उनी दार्जिलिङमा थिए ।

मध्याह्नसम्म आफ्नो उक्त अडियो भिजुअलको काम गरेपछि भानु भवनमा सम्पन्न एक कार्यक्रममा उपस्थित हुन गइरहेको समय बाटोमा उनलाई हृदयघात भएको पारिवारिक सूत्रले जानकारी गराएको छ ।

हृदयघातका कारण बाटोमै लडेका उनलाई दार्जिलिङ जिल्ला अस्पताल लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे ।

५ जनवरी १८५३ मा मगरजुङ चियाबारीमा जन्मेका विनोद स्याङ्देनले आफ्नो स्वर र सङ्गीतद्वारा नेपाली साङ्गीतिक जगतमा छुट्टै स्थान ओगटेका छन् ।

दर्जनौँ शब्दमा स्वर र सङ्गीत दिएका उनी थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित भएका छन् ।

यी ख्यातिप्राप्त गायक/सङ्गीतकारको निधनले नेपाली सङ्गीतिक जगतमा अपुरणीय क्षति पुगेको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here