दुई शिक्षिका र एक विद्यार्थी कोरोना सङ्क्रमित

0
859
साङ्केतिक फोटो।

खरसाङ, २४ नोभेम्बरः सोनादास्थित एक उच्चतर माध्यमिक विद्यालयका दुई शिक्षिका र एक विद्यार्थी कोरोना सङ्क्रमित बनेका छन्।

यस विद्यालयमा शिक्षिका र विद्यार्थी कोरोना सङ्क्रमित पाइएपछि विशेषगरी अभिभावकहरू चिन्तित बनेका छन्।

जानकारीका अनुसार यस विद्यालयकी एक शिक्षिकाको शुक्रबार कोरोना जाँच रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि अर्का शिक्षिकाको कोरोना जाँच रिपोर्ट सोमबार पोजिटिभ आयो।

त्यसैगरी नवौँ श्रेणीमा अध्ययनरत एक विद्यार्थीको कोरोना जाँच रिपोर्ट हिजो अर्थात मङ्गलबार पोजिटिभ आएको छ।

विद्यालयमा कोरोना पोजिटिभको पहिलो मामिला अघि आएलगत्तै विद्यालयकी प्रधानाध्यापिकाले यसबारे सम्बन्धित उच्चाधिकारीलाई जानकारी गराएकी थिइन्। तर, कोरोना सङ्क्रमित पाइएका ती शिक्षिकालाई आइसोलेट गरी विद्यालयमा अफलाइन क्लास जारी राख्ने ती सम्बन्धित उच्चाधिकारीले निर्देश दिएको स्कूलपक्षले जानकारी गराएको छ।

सम्बन्धित उच्चाधिकारीकै निर्देशनअनुसार यस विद्यालयमा पठनपाठन जारी छ। विद्यालयमा कोरोना सङ्क्रमणको मामिला पुष्टि भएपछि आज थोरै सङ्ख्यामा विद्यार्थीहरू उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here