खरसाङ, २४ नोभेम्बरः दार्जिलिङ नगरपालिकाका ५ जना नगरपार्षद्ले आज हाम्रो पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अर्थात भागोप्रमोको झण्डा समाए ।
५ नगरपार्षद्ले भागोप्रमोको झण्डा समातेपछि दार्जिलविङ नगरपालिकामा रहेको हाम्रो पार्टीको बोर्ड अल्पमतमा परेको छ ।
आज खरसाङमा एक कार्यक्रमबिच वार्ड नम्बर २ का नगरपार्षद् दिपेन ठकुरी, वार्ड नम्बर ७ का नगरपार्षद् विष्णु मल्ल, वार्ड नम्बर १९ का नगरपार्षद् सितम लामा, वार्ड नम्बर ४-का नगरपार्षद् गणेश प्रधान र वार्ड नम्बर १३ का नगपार्षद् शरण छेत्रीले हाम्रो पार्टी त्यागेर आज भागोप्रमोको झण्डा समाएका हुन् ।
यसका साथै वार्ड नम्बर ६ का नगरपार्षद् दोर्जी लामा पनि हाम्रो पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको तर उनका पिताको मृत्यु भएका कारण आज उपस्थित हुन नसकेको बताइएको छ ।
यी ६ जना नगरपार्षद् आज भागोप्रमोमा सामेल भएपछि दार्जिलिङ नगरपालिकामा अनित थापा नेतृत्व पार्टीको नगरपार्षद् १४ पुगेको छ भने हाम्रो पार्टीको नगरपार्षद् सङ्ख्या १८ बाट घटेर १२ भएको छ ।
यसैगरी गोर्खा जनमुक्ति मोर्चाका ३ र तृणमूल कङ्ग्रेसका २ नगरपार्षद् छन्।