दार्जीलिङ, २४ दिसम्बर: नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को विरोधमा मङ्गलवार दोस्रो दिन पनि विनय तामाङन्थी गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरूले जीटीए क्षेत्रमा रहेका केन्द्र सरकारअधीनस्थ सरकारी कार्यालयहरूमा घेराउ गरे।
उल्लेखनीय छ, पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार सीएए र एनआरसीविरुद्ध केन्द्र सरकारअधीनस्थ सरकारी कार्यालयहरूमा घेराउ कार्यक्रम हिजोदेखि शुरु गरिएको हो।
दार्जीलिङमा विनयपन्थी मोर्चा दार्जीलिङ महकुमा समितिको तत्वावधानमा घेराउ कार्य गरिएको थियो, जसअन्तर्गत विनयपन्थी मोर्चा कार्यकर्ताहरूले दार्जीलिङ रेलवे स्टेशन, दार्जीलिङ पोस्टअफिस, केन्द्रिय वस्तु तथा सेवा एवं उत्पाद कर दार्जीलिङ प्रमण्डल कार्यालय, आयकर कार्यालय, टीभी ट्रान्समिशन कार्यालयआदि घेराउ गरेको बताइएको छ।
यसैगरी कालेबुङमा पनि विनयपन्थी मोर्चाले सीएए र एनआरसीको विरोधमा केन्द्र सरकारअधीनस्थ सरकारी कार्यालयहरूमा घेराउ गऱ्यो।