दार्जिलिङ पहाडमा एसएससी गठन, विजय कुमार राई चेयरम्यान

0
626

दार्जिलिङ, २५ जनवरीः पश्चिम बङ्गाल सरकारले पहाडमा रिजनल स्कुल सर्भिस कमिसन (एसएससी)- गठन गरेको छ।

यस सम्बन्धमा राज्यको शिक्षा विभागले एक अधिसूचना जारी गरेको छ, जसको चेयरम्यान विजय कुमार राईलाई बनाइएको छ।

राई यसअघिभन्दा डिस्ट्रिक स्कुल बोर्ड दार्जिलिङका चेयरम्यान पदमा थिए।

अन्य सदस्यहरूमा अवकाशप्राप्त डब्ल्यूबीसीएस अधिकारी थेन्डुप छिरिङ भोटिया, खरसाङ महाविद्यालयकी अवकाशप्राप्त सहप्राध्यापक तारा लोहार, साउथफिल्ड कलेजकी प्राचार्य डा, अनुराधा राई, खरसाङ कलेजका प्राचार्य डा. समीर बल, बर्नसबेग उच्चतर माध्यमिक विद्यालयकी अवकाशप्राप्त प्रधान अध्यापिका डा. साङ्मु लेप्चा र एसयूएमआई कालेबुङका अवकाशप्राप्त प्राचार्य नभरत्न प्रधान रहेका छन्।

यसैबिच, जीटीएका मुख्य कार्यपाल अनित थापाले दार्जिलिङ पहाडका  लागि एसएससी गठन हुनु ऐतिहासिक क्षण रहेको बताएका छन्। थापाको दावीका अनुसार भारतीय गोर्खा प्रजान्त्रिक मोर्चा (भागोप्रमो)-को क्रम नै सिद्धान्त भन्ने सैद्धान्तिक विचारधाराकै फलस्वरूप रिजनल एसएससीको गठन भएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here