डा. जि. एस. योन्जनलाई पद्मश्री पुरस्कार

0
3

दार्जिलिङ, २५ जनवरीः शिक्षाविद् डा. गम्भीरसिंह योन्जन (जि. एस. योन्जन) पद्मश्री सम्मान -२०२६ ले सम्मानित हुने भएका छन् ।

साहित्य र शिक्षा क्षेत्रमा पुऱ्याएको उल्लेखनीय योगदानका लागि योन्जन पद्मश्री पुरस्कार २०२६ का लागि चयनित भएका हुन् ।

कालेबुङको सिन्जीमा जन्मेका जि. एस. योन्जन युनाइटेड स्टेट्स एडुकेसनलबाट फुलब्राइट फेलोसिप पाउने उनी पहिलो नेपालीभाषी गोर्खा हुन् । दार्जिलिङ पहाडको शैक्षिक विकासमा उनको योगदान ठुलो छ ।

१९६६ मा दार्जिलिङ सरकारकी महाविद्यालयका व्याख्याताका रूपमा शिक्षण जीवन सुरु गरेका उनी पछि कालेबुङ महाविद्यालयका प्राचार्य पनि भएका थिए ।

डा. गम्भीरसिंह योन्जन अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वनस्पतिविद् हुन् ।

विशेष गरी उनले हिमालयन साइन्स एसोसिएसनको स्थापना गरी दार्जिलिङ पहाडमा वैज्ञानिक जागरुका, शिक्षा र पर्यावरणीय संरक्षणका लागि उनले महत्त्वपूर्ण कार्य गरेका छन् ।

डा. जि. एस. योन्जनका वनस्पतिसम्बन्धी केही पुस्तक र अनेकौँ लेखादि विभिन्न जर्नलमा प्रकाशित छन् ।

दार्जिलिङका सांसद राजु विष्टले पद्मश्री पुरस्कार 2026 का लागि चयनित भएकामा डा. योन्जनलाई बधाई दिएका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here